दफा २७
परिपक्वताको निरन्तरता
(१) धितोको हकको परिपक्वताको निरन्तरता नटुट्ने गरी धितोसम्बन्धी हक पहिले कुनै एक तवरमा परिपक्व बनाइएको र पछि अर्को तवरमा परिपक्व बनाइएकोमा सो हक निरन्तररुपमा परिपक्व भइरहेको मानिनेछ । (२) धितो लिने व्यक्तिले परिपक्व बनाइएको धितोको हक हस्तान्तरण गरेमा धितो दिने व्यक्तिका साहूहरुको हक विरुद्ध, धितो दिने व्यक्तिबाट हस्तान्तरण गरी लिने व्यक्तिको हक विरुद्ध तथा लियन होल्डरका विरुद्ध त्यस्तो धितोको हकको परिपक्वतालाई निरन्तरता दिनको लागि यस ऐनअन्तर्गत सूचना दर्ता गराई राख्नु पर्ने छैन ।