विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा :
(क) “लुम्बिनी विकास क्षेत्र” भन्नाले भगवान बुद्धको जन्मस्थल लुम्बिनी तथा भगवान बुद्धको जीवनसँग प्रत्यक्ष वा परोक्ष रूपमा सम्बन्ध रहन गएका तिलौराकोट ( प्राचीन कपिलवस्तु) गोटीहवा, निग्लीहवा, सगरहवा, सिसनियाकोट, अरौराकोट, कुदान (कपिलवस्तु), देवदह (रुपन्देही) रामग्राम (नवलपरासी) समेतका क्षेत्रहरू तथा नेपाल सरकारले नेपालराजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका अन्य क्षेत्रहरू सम्झनु पर्छ ।
तर यसरी क्षेत्रहरू तोक्दा भगवान बुद्धको जीवनसँग प्रत्यक्ष वा परोक्ष रूपमा सम्बन्ध रहेका क्षेत्रहरू मात्र तोक्न सकिनेछ ।
(ख) “कोष” भन्नाले दफा ३ बमोजिम स्थापना भएको लुम्बिनी विकास कोष सम्झनु पर्छ ।
(ग) “संरक्षक” भन्नाले कोषको संरक्षक सम्झनु पर्छ ।
(घ) “परिषद्” भन्नाले दफा ८ बमोजिम स्थापना भएको लुम्बिनी विकास परिषद् सम्झनु पर्छ ।
(ङ) “अध्यक्ष” भन्नाले परिषद्को अध्यक्ष सम्झनु पर्छ ।
(च) “उपाध्यक्ष” भन्नाले परिषद्को उपाध्यक्ष सम्झनु पर्छ ।
(छ) “कोषाध्यक्ष” भन्नाले परिषद्को कोषाध्यक्ष सम्झनु पर्छ ।
(ज) “सदस्य–सचिव” भन्नाले परिषद्को सदस्य सचिव सम्झनु पर्छ ।
(झ) “सदस्य” भन्नाले परिषद्को सदस्य सम्झनु पर्छ र सो शब्दले परिषद्को अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य–सचिवलाई समेत जनाउँछ ।
(ञ) “समिति” भन्नाले दफा ११ क. बमोजिम गठन भएको कार्यकारिणी समिति सम्झनु पर्छ ।
(ट) “योजना कार्यान्वयन समिति” भन्नाले दफा १२ बमोजिम गठन भएको योजना कार्यान्वयन समिति सम्झनु पर्छ ।
(ठ) “योजना” भन्नाले लुम्बिनी विकास योजना सम्झनु पर्छ ।
(ड) ”तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको विनियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।