नियम
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,– (क) “निजामती सेवाका कर्मचारी” भन्नाले निजामती सेवा ऐन,२०४९ बमोजिम निजामती सेवामा कार्यरत कर्मचारी सम्झनु पर्छ र सो शब्दले स्वास्थ्य सेवा ऐन,२०५३ बमोजिमको स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई समेत जनाउँछ ।
(ख) “परिवार” भन्नाले निजामती कर्मचारीसँग बस्ने वा निज आफैले पालन पोषण गर्नु पर्ने पति, पत्नी, छोरा, अविवाहिता छोरी, धर्मपुत्र, अविवाहिता धर्मपुत्री, बाबु, आमा वा सौतेनी आमा सम्झनु पर्छ र सो शब्दले पुरुष र अविवाहिता महिला कर्मचारीको हकमा निजको बाजे, बज्यै तथा विवाहिता महिला कर्मचारीको हकमा निजको सासु, ससुरालाई समेत जनाउँछ ।
(ग) “कार्यालय” भन्नाले निजामती कर्मचारी कार्यरत नेपाल सरकारका मन्त्रालय, सचिवालय, आयोग, विभाग वा सो अन्तर्गतका अन्य जुनसुकै सरकारी निकाय वा कार्यालय सम्झनु पर्छ ।