दफा २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “संस्था” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था सम्झनु पर्छ ।
(ख) “परिषद्” भन्नाले दफा ७ बमोजिम गठन भएको परिषद् सम्झनु पर्छ ।
(ग) “अध्यक्ष” भन्नाले परिषद्को अध्यक्ष सम्झनु पर्छ ।
(घ) “उपाध्यक्ष” भन्नाले परिषद्को उपाध्यक्ष सम्झनु पर्छ ।
(ङ) “पार्षद्” भन्नाले परिषद्को सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष तथा उपाध्यक्षलाई समेत जनाउँछ ।
(च) “कार्यकारी निर्देशक” भन्नाले दफा ३८ बमोजिम नियुक्त भएको कार्यकारी निर्देशक सम्झनु पर्छ ।
(छ) “सदस्य” भन्नाले यस ऐन बमोजिम संस्थामा नाम दर्ता गराई संस्थाको सदस्यता प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ ।
(ज) “चार्टर्ड एकाउन्टेन्ट” भन्नाले दफा १६ को उपदफा (२) बमोजिम संस्थाको सदस्यता प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ ।
(ज१) “फेलो चार्टर्ड एकाउन्टेन्ट (एम.सी.ए.)” भन्नाले दफा १७ बमोजिम संस्थाको सदस्यता प्राप्त गरेको संस्था सम्झनु पर्छ ।
(झ) “दर्तावाला लेखापरीक्षक (रजिष्टर्ड अडिटर)” भन्नाले लेखापरीक्षक सम्बन्धी ऐन, २०३१ बमोजिम लेखापरीक्षकको प्रमाणपत्र प्राप्त व्यक्ति सम्झनु पर्छ ।
(ञ) “पेशागत प्रमाणपत्र” भन्नाले पेशागत रुपमा लेखा व्यवसाय गर्न दफा २८ बमोजिम प्रदान गरिएको प्रमाणपत्र सम्झनु पर्छ ।
(ञ१) “लेखापरीक्षण” भन्नाले पेशागत प्रमाणपत्र लिई प्रचलित कानून बमोजिम गरिने लेखापरीक्षण सम्झनु पर्छ ।
(ञ२) “विदेशी लेखा व्यवसायी संस्था” भन्नाले विदेशी मुलुकमा सार्वजनिक लेखा व्यवसायलाई नियमन गर्ने अधिकार प्राप्त भएको राष्ट्रिय स्तरको चार्टर्ड एकाउन्टेन्ट्स संस्था वा सो सरहको लेखा व्यवसायी संस्था सम्झनु पर्छ । (ञ३) “लेखामान बोर्ड (एकाउन्टीङ्ग स्टैण्डर्ड्स बोर्ड)” भन्नाले दफा १५क. बमोजिम गठन भएको लेखामान बोर्ड सम्झनु पर्छ ।
(ञ४) “लेखापरीक्षणमान बोर्ड (स्टैण्डर्ड्स अन अडिटिङ्ग बोर्ड)” भन्नाले दफा १५घ. बमोजिम गठन भएको लेखापरीक्षणमान बोर्ड सम्झनु पर्छ ।
(ञ५) “लेखामान (एकाउन्टीङ्ग स्टैण्डर्ड्स)” भन्नाले लेखा व्यवसाय र वित्तीय प्रतिवेदनलाई सुव्यवस्थित र नियमन गर्नको लागि लेखामान बोर्डबाट व्यवस्थित वा सिफारिस गरिएका लेखामान र तत्सम्बन्धी निर्देशिका तथा व्याख्या सम्झनु पर्छ ।
(ञ६) “लेखापरीक्षणमान (स्टैण्डर्ड्स अन अडिटिङ्ग)” भन्नाले लेखा व्यवसाय र लेखापरीक्षणलाई सुव्यवस्थित र नियमन गर्नको लागि लेखापरीक्षणमान बोर्डबाट व्यवस्थित वा सिफारिस गरिएका लेखापरीक्षणमान र तत्सम्बन्धी निर्देशिका तथा व्याख्या सम्झनु पर्छ ।
(ट) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।