दफा
परिभाषा
: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “प्रतिष्ठान” भन्नाले दफा ३ बमोजिमको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान सम्झनुपर्छ ।
(ख) “परिषद्” भन्नाले दफा ७ बमोजिमको प्रशिक्षण परिषद्(गभर्निङ्ग काउन्सिल) सम्झनु पर्छ ।
(ग) “समिति” भन्नाले दफा ९ बमोजिमको कार्यकारी समिति सम्झनुपर्छ ।
(घ) “कार्यकारी निर्देशक” भन्नाले दफा ११ को उपदफा (२) बमोजिम नियुक्त कार्यकारी निर्देशक सम्झनुपर्छ ।
(ङ) “संस्थान” भन्नाले नेपाल सरकारको स्वामित्व वा नियन्त्रण भएको संगठित संस्था वा त्यस्तो संस्थाको स्वामित्व वा नियन्त्रण भएको अन्य संस्था समेत सम्झनुपर्छ ।
(च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियमावलीमा तोकिएको वा तोकिएबमोजिम सम्झनुपर्छ ।