नियम
परिभाषा
(१) विषय वा प्रसंङ्गले अर्काे अर्थ नलागेमा यस नियमावलीमा —
(क) “मन्त्री” भन्नाले प्रधानमन्त्री, उपप्रधानमन्त्री वा मन्त्री सम्झनु पर्छ र सो शब्दले स्वतन्त्र रुपमा
मन्त्रालयको कार्यभार सम्हाल्ने राज्यमन्त्रीलाई समेत जनाउँछ ।
(ख) “मन्त्रालय” भन्नाले कार्यविभाजन नियमावली बमोजिम तोकिएको मन्त्रालय सम्झनु पर्छ ।
(ग) “मन्त्रिपरिषद्को सचिव” भन्नाले नेपाल सरकारको मुख्यसचिव सम्झनु पर्छ ।
(घ) “सचिव” भन्नाले मन्त्रालयको विशिष्ट श्रेणीको अधिकृत सम्झनु पर्छ र सो शब्दले नेपाल
सरकारको मुख्यसचिव समेतलाई जनाउँछ ।

(ङ) “कार्यविभाजन नियमावली” भन्नाले संविधानको धारा ८२ को उपधारा (१) ले दिएको अधिकार
प्रयोग गरी नेपाल सरकारले बनाएको नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०७२
सम्झनु पर्छ ।

(च) “संविधान” भन्नाले नेपालको संविधान सम्झनु पर्छ ।
(२) विषय वा प्रसँगले अर्को अर्थ नलागेमा यस नियमावलीमा व्यक्त भएका कुराहरुको अधिनमा रही
कानून व्याख्यासम्बन्धी प्रचलित कानूनी व्यवस्था नेपाल कानूनको व्याख्यामा लागू भए सरह यो नियमावलीको
व्याख्यामा पनि लागू हुनेछ ।