नियम
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले मतदाता नामावली सम्बन्धी ऐन, २०६३ सम्झनु पर्छ ।
(ख) “कार्यक्रम” भन्नाले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने सिलसिलामा
तत्काल कायम रहेको वा आयोगले सङ्कलन गरेको मतदाता नामावली प्रकाशन गर्ने,त्यसमा नाम समावेश गर्ने, सच्याउने, हटाउने र दावी विरोध गर्ने लगायतका कामहरू गर्नको लागि आयोगले समयावधि निर्धारण गरी यस नियमावली बमोजिम प्रकाशन
गरेको कार्यक्रम सम्झनु पर्छ ।
(ग) “दर्ता कर्मचारी वा सहायक दर्ता कर्मचारी” भन्नाले नियम ८ बमोजिम नियुक्त कर्मचारी सम्झनु पर्छ ।
(घ) “परिवार” भन्नाले मतदाताको एकासगोलमा रहेका मतदाता हुन योग्यता पुगेको व्यक्ति सम्झनु पर्छ ।