नियम
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले “मालपोत ऐन, २०३४” सम्झनु पर्छ ।
(ख) “समिति” भन्नाले नियम १६ बमोजिमको हाल आवादी समिति सम्झनु पर्छ ।
(ग) “अनुमतिपत्र” भन्नाले भू–सेवा केन्द्र सञ्चालन गर्न नियम २३क.
बमोजिम दिइएको अनुमतिपत्र सम्झनु पर्छ ।
((घ) “कार्यालय” भन्नाले मालपोत कार्यालय सम्झनु पर्छ ।
(ङ) “भू–सूचना प्रणाली” भन्नाले कार्यालयबाट प्रदान गरिने जग्गा प्रशासन
सम्बन्धी सेवा सूचना प्रविधिको माध्यमबाट प्रदान गर्न प्रयोगमा ल्याइएको
कम्प्यूटर एप्लिकेशन सफ्टवेयर सम्झनु पर्छ ।
(च) “मन्त्रालय” भन्नाले भूमिसुधार तथा व्यवस्था मन्त्रालय सम्झनु पर्छ ।
(छ) “विभाग” भन्नाले भूमिसुधार तथा व्यवस्था विभाग सम्झनु पर्छ ।
(ज) “भू–सेवा केन्द्र” भन्नाले भू–सूचना प्रणालीको माध्यमद्वारासेवा प्रदान गर्न
कार्यालयबाट खडा गरिएको वा नियम २३क. बमोजिम अनुमतिपत्र प्राप्त
सेवा केन्द्र सम्झनु पर्छ ।