दफा २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “आयोग” भन्नाले संविधानको धारा २४५ बमोजिमको निर्वाचन आयोग सम्झनु पर्छ ।
(ख) “केन्द्रीय समिति” भन्नाले दलको विधान बमोजिम गठन हुने दलको केन्द्रीय कार्यकारिणी समिति सम्झनु पर्छ र सो शब्दले जुनसुकै नामकरण गरिएको भए तापनि दलको तर्फबाट निर्णय गर्न सक्ने अख्तियारी पाएको केन्द्रीय निकाय वा केन्द्रीय तदर्थ समितिलाई समेत जनाउँछ ।
(ग) “कोष” भन्नाले दफा ३७ बमोजिमको दलको कोष सम्झनु पर्छ ।
(घ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(ङ) “दल” भन्नाले दफा ३ बमोजिम गठन भएको राजनीतिक दल सम्झनु पर्छ ।
(च) “दल दर्ता किताब” भन्नाले दफा ५० बमोजिमको दल दर्ता किताब सम्झनु पर्छ ।
(छ) “निर्वाचन” भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद वा प्रदेश सभाका सदस्य, स्थानीय तहका पदाधिकारी तथा सदस्यको निर्वाचन सम्झनु पर्छ र सो शब्दले उपनिर्वाचनलाई समेत जनाउँछ ।
(ज) “पदाधिकारी” भन्नाले विधान बमोजिम केन्द्रीय समितिको पदाधिकारी भनी तोकेको दलको पदाधिकारी सम्झनु पर्छ र सो शब्दले दलको प्रमुख पदाधिकारीलाई समेत जनाउँछ ।
(झ) “प्रतिनिधि सभा” भन्नाले संविधानको धारा ८४ बमोजिम गठन हुने प्रतिनिधि सभा सम्झनु पर्छ ।
(ञ) “प्रदेश सभा” भन्नाले संविधानको धारा १७६ बमोजिम गठन हुने प्रदेश सभा सम्झनु पर्छ ।
(ट) “प्रदेश समिति” भन्नाले विधान बमोजिम गठित प्रदेश स्तरको उच्चतम कार्यकारिणी समिति सम्झनुपर्छ ।
(ठ) “प्रमुख पदाधिकारी” भन्नाले विधानमा प्रमुख पदाधिकारी भनी तोकिएको पदाधिकारी सम्झनु पर्छ ।
(ड) “राष्ट्रिय सभा” भन्नाले संविधानको धारा ८६ बमोजिमको राष्ट्रिय सभा सम्झनु पर्छ ।
(ढ) “विधान” भन्नाले दलको विधान सम्झनु पर्छ ।
(ण) “सङ्घीय संसद” भन्नाले संविधानको धारा ८३ बमोजिम गठन हुने सङ्घीय संसद सम्झनु पर्छ ।
(त) “सचेतक” भन्नाले सम्बन्धित संसदीय दलले सचेतकको काम गर्न तोकेको सदस्य सम्झनु पर्छ र सो शब्दले मुख्य सचेतक वा प्रमुख सचेतकलाई समेत जनाउँछ ।
(थ) “सदस्य” भन्नाले दलको सदस्य सम्झनु पर्छ ।
(द) “संविधान” भन्नालेनेपालको संविधान सम्झनु पर्छ ।