नियम
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “संविधान” भन्नाले नेपालको अन्तरिम संविधान, २०६३ सम्झनु पर्छ ।
(ख) “ऐन” भन्नाले निर्वाचन आयोग ऐन, २०६३ सम्झनु पर्छ ।
(ग) “आयोग” भन्नाले संविधानको धारा १२८ बमोजिमको निर्वाचन आयोग सम्झनु पर्छ ।
(घ) “अधिकार प्राप्त व्यक्ति” भन्नाले यस नियमावली बमोजिम राजनैतिक दल दर्ता गराउनका लागि नियम ६ बमोजिम अधिकार प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ ।