दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “अदालत” भन्नाले सर्वोच्च अदालत सम्झनु पर्छ ।
(ख) “आयोग” भन्नाले संविधानको धारा २४५ बमोजिमको निर्वाचन आयोग सम्झनु पर्छ ।
(ग) “उपराष्ट्रपति” भन्नाले संविधानको धारा ६७ बमोजिमको नेपालको उपराष्ट्रपति सम्झनु पर्छ ।
(घ) “उम्मेदवार” भन्नाले राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवार हुन मनोनयन गरिएको व्यक्ति सम्झनु पर्छ ।
(ङ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(च) “निर्वाचक मण्डल” भन्नाले दफा ३ बमोजिमको निर्वाचक मण्डल सम्झनु पर्छ ।
(छ) “निर्वाचन” भन्नाले राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचन सम्झनु पर्छ ।
(ज) “निर्वाचन अधिकृत” भन्नाले दफा ७ बमोजिम नियुक्त निर्वाचन अधिकृत सम्झनु पर्छ र सो शब्दले सहायक निर्वाचन अधिकृतलाई समेत जनाउँछ ।
(झ) “निर्वाचन प्रतिनिधि” भन्नाले दफा २७ बमोजिम नियुक्त भएको निर्वाचन प्रतिनिधि सम्झनु पर्छ ।
(ञ) “प्रदेश सभा” भन्नाले संविधानको धारा १७६ बमोजिम गठन भएको प्रदेश सभा सम्झनु पर्छ।
(ट) “मतदाता” भन्नाले दफा ३ को उपदफा (३) बमोजिमको मतदाता नामावलीमा नाम रहेका व्यक्ति सम्झनु पर्छ ।
(ठ) “मतदान अधिकृत” भन्नाले दफा १० बमोजिम नियुक्त मतदान अधिकृत सम्झनु पर्छ ।
(ड) “मतपत्र” भन्नाले निर्वाचनमा मतदान गर्नका लागि व्यवस्था गरिएको मतपत्र सम्झनु पर्छ र सो शब्दले विधुतीय उपकरणबाट मतदान हुने व्यवस्था भएकोमा त्यस्तो विधुतीय उपकरणमा प्रयोग हुने मतपत्र वा त्यस्तो उपकरणमा जडित डिजिटल मतपत्रलाई समेत जनाउँछ ।
(ढ) “मतपेटिका” भन्नाले मत सङ्केत गरेको मतपत्र राख्नको लागि आयोगले व्यवस्था गरेको मतपेटिका सम्झनु पर्छ र सो शब्दले विधुतीय उपकरणबाट मतदान गरेकोमा त्यसरी मतदान गरेको मत सङ्केतलाई अभिलेख गर्ने विधुतीय उपकरणलाई समेत जनाउँछ ।
(ण) “राष्ट्रपति” भन्नाले संविधानको धारा ६१ बमोजिमको नेपालको राष्ट्रपति सम्झनु पर्छ ।
(त) “संविधान” भन्नाले नेपालको संविधान सम्झनु पर्छ ।
(थ) “सङ्घीय संसद” भन्नाले संविधानको धारा ८४ बमोजिम गठन भएको प्रतिनिधि सभा र धारा ८६ बमोजिम गठन भएको राष्ट्रिय सभा सम्झनुपर्छ ।