नियम
परिभाषा
  विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा–
(क) “ऐन” भन्नाले भ्रष्टाचार निवारण ऐन, २०५९ सम्झनु पर्छ ।
(ख) “केन्द्र” भन्नाले राष्ट्रिय सतर्कता केन्द्र सम्झनु पर्छ ।
(ग) “प्रमुख” भन्नाले केन्द्रको प्रमुख अधिकृत सम्झनु पर्छ ।
(घ) “आयोजना” भन्नाले सरकारी कार्यालय वा सार्वजनिक संस्थाको तर्फबाट सम्पन्न गरिने पूर्वाधार संरचनासँग सम्बन्धित देहायको काम सम्झनु पर्छः–
(१) प्रारुप तयारी, सम्भाव्यता अध्ययन र डिजाइन,
(२) सेवा, वस्तु वा निर्माण सामग्रीको खरिद वा प्राप्ति,
(३) निर्माण कार्य,
(४) निर्माणपछिको सञ्चालन, मर्मत सम्भार तथा पुननिर्माण ।
(ङ) “प्राविधिक परीक्षण” भन्नाले नियम १४ बमोजिम गरिने आयोजनाको प्राविधिक परीक्षण सम्झनु पर्छ ।
(च) “प्राविधिक परीक्षक” भन्नाले आयोजनाको प्राविधिक परीक्षण गर्न नियम १५ को उपनियम
(३) बमोजिम खटिएको व्यक्ति सम्झनु पर्छ ।
(छ) “सरकारी कार्यालय” भन्नाले नेपाल सरकारका मन्त्रालय, विभाग वा सो अन्तर्गतका निकाय सम्झनु पर्छ ।