दफा
परिभाषा
: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा –
(क) “समिति” भन्नाले राष्ट्रिय समाचार समिति सम्झनु पर्दछ ।
(ख) “बोर्ड” भन्नाले समितिको सञ्चालन गर्न गठन भएको सञ्चालकहरूको बोर्ड सम्झनु पर्दछ ।
(ग) “समाचार” भन्नाले समयानुकूलता, महत्व र सम्भावित प्रभावको विचार गरी उल्लेखनीय ठहरिएको कुनै घटना वा अवस्था विषयक नयाँ प्रतिवेदन वा विवरण सम्झनु पर्दछ ।
(घ) “सञ्चालक” भन्नाले बोर्डको सदस्यलाई सम्झनु पर्दछ ।
(ङ) “महाप्रवन्धक” भन्नाले दफा १४ बमोजिम नियुक्त भएको समितिको महाप्रवन्धक सम्झनु पर्दछ ।
(च) “समाचारदाता” भन्नाले समितिलाई समाचार दिने समाचारदाता सम्झनु पर्दछ ।
(छ) “शेयरहोल्डर” भन्नाले यो ऐन अनुसार वितरण गरिएको शेयर लिने शेयरहोल्डर सम्झनु पर्दछ ।
(ज) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन अन्तर्गत बनेका नियम वा विनियमहरूमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्दछ ।