नियम
परिभाषा
विषय वा प्रसँगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले व्यवस्थापिका–संसद सचिवालय सम्बन्धी ऐन, २०६४ सम्झनु पर्छ ।
(ख) “अख्तियारवाला” भन्नाले ऐन तथा यस नियमावली बमोजिम प्रदान गरिएको अधिकार प्रयोग गर्ने ऐनको दफा ६ बमोजिमको सचिवालय संचालन तथा व्यवस्थापन समिति सम्झनु पर्छ र सो शव्दले राजपत्र अनंकित कर्मचारीको हकमा महासचिव समेतलाई जनाउँछ ।
(ग) “विभागीय प्रमुख” भन्नाले व्यवस्थापिका–संसदको महासचिव सम्झनु पर्छ ।