नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,– (क) “कोष” भन्नाले नियम ३ बमोजिम स्थापना भएको शान्ति कोष सम्झनु पर्छ ।
(ख) “समिति” भन्नाले नियम ६ बमोजिम गठन भएको कोष सञ्चालक समिति सम्झनु पर्छ ।
(ग) “प्राविधिक समिति” भन्नाले नियम ९ बमोजिम गठन भएको प्राविधिक समिति सम्झनु पर्छ ।
(घ) “आयोजना” भन्नाले नियम ४ बमोजिमको कुनै काम गर्नको लागि आयोजना कार्यान्वयन निकायद्वारा तयार गरिएको कार्यक्रम सम्झनु पर्छ ।
(ङ) “आयोजना कार्यान्वयन निकाय” भन्नाले आयोजना कार्यान्वयन गर्नको लागि समितिले छनौट गरेको सरकारी निकाय, समुदायमा आधारित संस्था, प्रचलित कानून बमोजिम दर्ता भएको गैर सरकारी संस्था वा प्रचलित कानून बमोजिम स्वीकृति प्राप्त अन्तर्राष्ट्रिय संस्था सम्झनु पर्छ ।
स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “समुदायमा आधारित संस्था” भन्नाले कोषको काम कारवाईसंग सम्बन्धित क्षेत्रमा काम गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम दर्ता भएको संगठित संस्था सम्झनु पर्छ ।
(च) “विस्थापित” भन्नाले द्वन्द्वबाट विस्थापित व्यक्ति वा परिवार सम्झनु पर्छ ।
(छ) “मन्त्रालय” भन्नाले शान्ति तथा पुनर्निर्माण मन्त्रालय सम्झनु पर्छ ।
(ज) “सचिवालय” भन्नाले कोषको सञ्चालन गर्नको लागि नेपाल सरकारले स्थापना गरेको शान्ति कोष सचिवालय सम्झनु पर्छ ।
(झ) “कार्यकारी निर्देशक” भन्नाले नियम २६ बमोजिमको कार्यकारी निर्देशक सम्झनु पर्छ ।