नियम
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले स्थानीय तह निर्वाचन ऐन, २०७३ सम्झनु पर्छ ।
(ख) “गाउँपालिका” भन्नाले संविधानको धारा ५६ को उपधारा (४) बमोजिमको गाउँपालिका सम्झनु पर्छ ।
(ग) “जिल्ला समन्वय समिति” भन्नाले संविधानको धारा २२० को उपधारा (३) बमोजिमको जिल्ला समन्वय समिति सम्झनु पर्छ ।
(घ) “नगरपालिका” भन्नाले संविधानको धारा ५६ को उपधारा (४) बमोजिमको नगरपालिका सम्झनु पर्छ र सो शब्दले महानगरपालिका र उपमहानगरपालिकालाई समेत जनाउँछ ।
(ङ) “निर्वाचन चिन्ह” भन्नाले ऐनको दफा २६ बमोजिम आयोगले निर्धारण गरेको निर्वाचन चिन्ह सम्झनु पर्छ ।
(च) “निर्वाचन प्रतिनिधि” भन्नाले उम्मेदवारले निर्वाचन प्रयोजनका लागि आफ्नो तर्फबाट गर्नुपर्ने काम गर्न नियम ३४ बमोजिम नियुक्त गरेको व्यक्ति सम्झनु पर्छ ।
(छ) “मतगणना प्रतिनिधि” भन्नाले उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले मतगणनाको काममा प्रतिनिधित्व गर्नको लागि नियम ३६ बमोजिम नियुक्त गरेको व्यक्ति सम्झनु पर्छ ।
(ज) “मतदान केन्द्र” भन्नाले निर्वाचनमा मतदान गर्ने प्रयोजनको लागि आयोगले ऐनको दफा २९ बमोजिम तोकेको मतदान केन्द्र सम्झनु पर्छ र सो शब्दले मतदान उपकेन्द्रलाई समेत जनाउँछ ।
(झ) “मतदान प्रतिनिधि” भन्नाले उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले मतदान केन्द्रमा प्रतिनिधित्व गर्नको लागि नियम ३५ बमोजिम नियुक्त गरेको व्यक्ति सम्झनु पर्छ ।
(ञ) “मनोनयनपत्र” भन्नाले निर्वाचनमा उम्मेदवारीको लागि निर्वाचन अधिकृत समक्ष पेश भएको मनोनयनपत्र सम्झनु पर्छ ।