नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा, (क) “ऐन” भन्नाले औषधि ऐन, २०३५ सम्झनु पर्दछ ।
(ख) “विभाग” भन्नाले औषधि व्यवस्था विभाग सम्झनु पर्दछ ।
(ग) “भाँडो” भन्नाले औषधिलाई सुरक्षितसाथ कुनै प्रतिकूल असर नपर्ने गरी राख्न सकिने जुनसुकै आकार प्रकारको भाँडो सम्झनु पर्दछ ।
(घ) “मात्रा” भन्नाले रोगीको सेवनको प्रयोजनको लागि एक पटकमा दिइने कुनै औषधिको परिमाण सम्झनु पर्दछ ।