नियम २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यी नियमहरुमा,–
(क) “ऐन” भन्नाले “निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३” सम्झनु पर्छ ।
(ख) “तोकिएको माल वस्तु” भन्नाले इजाजतपत्र नलिई निकासी वा पैठारी गर्न नपाउने गरी नेपाल सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन,
२०१३ अन्तर्गत नेपाल राजपत्रमा सूचना प्रकाशित गरी निकासी पैठारीमा नियन्त्रण गरेको माल वस्तु सम्झनु पर्छ ।
(ग) “इजाजपत्र” भनाले तोकिएको माल वस्तु निकासी वा पैठारी गर्न नियम ४ बमोजिम जारी गरिने इजाजतपत्र सम्झनु पर्छ ।
(घ)“महानिर्देशक” भन्नाले वाणिज्य विभागको महानिर्देशक सम्झनु पर्छ ।
(ङ) “फर्म” भन्नाले प्रचलित कानून बमोजिम दर्ता भएका फर्म सम्झनु पर्छ र सो शब्दले प्रचलित कानून बमोजिम दर्ता भएको साझेदारी फर्म
समेत जनाउँछ ।