दफा २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “नेपाली मुद्रा” भन्नाले नेपाल सरकारले वा नेपाल राष्ट्र बैंङ्कले निष्कासन गरेको नोट र नेपाल सरकारले निष्कासन गरेको मोहर, रूपैयाँ, रेचकी वा पैसालार्ई जनाउँछ ।
(ख) “विदेशी मुद्रा” भन्नाले नेपाली मुद्रा बाहेक अरू मुद्रा सम्झनु पर्छ ।