नियम
परिभाषा

२. परिभाषा ः

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–

(क) “ऐन” भन्नाले राष्ट्रिय निकुुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ सम्झनुपर्छ ।
(ख) “निकुञ्ज” भन्नाले बाँके राष्ट्रिय निकुञ्ज सम्झनु पर्छ ।
(ग) “सहायक संरक्षक” भन्नाले निकुञ्जको सहायक संरक्षण अधिकृतलाई सम्झनु पर्छ ।
(घ) “सवारी साधन” भन्नाले मोटर इन्जिन जडान भएको सवारी साधन सम्झनु पर्छ ।
(ङ) “राजमार्ग” भन्नाले निकुञ्जभित्र भएर गएको राजमार्ग सम्झनु पर्छ ।