दफा
परिभाषा

२. परिभाषाः

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आदेशमा,–
(क) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(ख) “आयोजना” भन्नाले बुढी गण्डकी जलाशययुक्त जलविद्युत आयोजना सम्झनु पर्छ ।
(ग) …………
(घ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस आदेश अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(ङ) “मन्त्रालय” भन्नाले उर्जा मन्त्रालय सम्झनु पर्छ ।
(च) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष ………..  समेतलाई जनाउँछ ।
(छ) “समिति” भन्नाले दफा ३ बमोजिम गठित बुढी गण्डकी जलविद्युत आयोजना विकास समिति सम्झनु पर्छ ।