दफा
परिभाषा
 विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) … … …
(ख) “प्रतिष्ठान” भन्नाले “श्रम ऐन, २०७४ को दफा २ को खण्ड (ञ) बमोजिमको”  को दफा २ को खण्ड (ख) बमोजिमको प्रतिष्ठान सम्झनु पर्छ ।
(ख१) “नेपाल सरकारको स्वामित्व भएको प्रतिष्ठान” भन्नाले नेपाल सरकारको पूर्ण वा अधिकाँश हिस्सा भएको प्रतिष्ठान सम्झनु पर्छ र सो शब्दले त्यस्तो प्रतिष्ठानको पूर्ण वा अधिकाँश हिस्सा भएको प्रतिष्ठान समेतलाई जनाउँछ ।
(ग) “आर्थिक वर्ष” भन्नाले कुनै प्रतिष्ठान … … … . आफ्नो आम्दानी खर्चको अन्तिम रूपमा लेखापरीक्षण गर्ने तात्पर्यको लागि कुनै एउटा सालको कुनै एक दिनबाट शुरु हुने एक वर्षको अवधि सम्झनु पर्छ ।
तर त्यसरी नतोकिएकोमा श्रावण संक्रान्तिबाट शुरु भई आषाढ मसान्तमा अन्त हुने साललाई जनाउँछ ।
(घ) “कर्मचारी” भन्नाले कुनै प्रतिष्ठानमा सुपरीक्षण, प्रशासकीय, प्राविधिक वा अन्य कुनै काम गरे बापत तलब वा ज्याला लिई काम गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले प्रतिष्ठानमा काम गर्ने कामदारलाई समेत जनाउँछ ।
(ङ) “तलब वा ज्याला” भन्नाले कुनै कर्मचारीले कुनै प्रतिष्ठानमा .. … … काम गरे बापत नगदको रूपमा भुक्तानी पाउन सक्ने कुनै किसिमको पारिश्रमिक सम्झनु पर्छ ।
तर, सो शब्दले बिजुली, पानी, औषधी, भ्रमण, बोनस, सञ्चयकोष वा अनुदान बापत कुनै … … …कर्मचारीलाई प्राप्त हुने अरू कुनै रकमलाई जनाउने छैन ।
(च) “व्यवस्थापक” भन्नाले “श्रम ऐन, २०७४ को दफा २ को खण्ड (द) बमोजिमको”  को दफा २ को खण्ड (च) बमोजिमको व्यवस्थापक सम्झनु पर्छ ।
(छ) “श्रम विभाग” भन्नाले नेपाल सरकारको श्रम विभाग सम्झनु पर्छ ।
(ज) “श्रम कार्यालय” भन्नाले नेपाल सरकारले स्थापना गरेको श्रम कार्यालय सम्झनु पर्छ ।
(ज१) “श्रम अदालत” भन्नाले “श्रम ऐन, २०७४ को दफा १५१ बमोजिम”  को दफा ७२ बमोजिम गठन भएको श्रम अदालत सम्झनु पर्छ ।
(झ) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।