दफा
परिभाषा

२. परिभाषाः

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस आदेशमा,–

(क) “अध्यक्ष ” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(ख) “कार्यकारी निर्देशक ” भन्नाले दफा ६ वमोजिमको कार्यकारी निर्देशक सम्झनु पर्छ ।
(ग) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस आदेश अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(घ) “मन्त्रालय” भन्नाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्झनु पर्छ ।
(ङ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शव्दले समितिको अध्यक्ष तथा सदस्य–सचिव समेतलाई जनाउँछ ।
(च) “समिति” भन्नाले दफा ३ बमोजिम गठन भएको मानव अङ्ग प्रत्यारोपण विकास समिति सम्झनु पर्छ ।