दफा २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आदेशमा,-
(क) “समिति” भन्नाले दफा ३ बमोजिम गठित मुस्ताङ्ग जिल्लास्थित कोरला नाका भन्सार कार्यालयको नाममा जग्गा नाप नक्सा गर्ने सम्बन्धी समिति सम्झनु पर्छ ।
(ख) “मन्त्रालय” भन्नाले भूमि व्यवस्था सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालय सम्झनु पर्छ ।