विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(ख) “कोष” भन्नाले नियम ३ बमोजिम स्थापना भएको राष्ट्रिय खोप कोष सम्झनु पर्छ ।
(ग) “मन्त्रालय” भन्नाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्झनु पर्छ ।
(घ) “राष्ट्रिय खोप कार्यक्रम” भन्नाले नेपाल सरकारले नियमित वा अभियानको रुपमा सञ्चालन गर्ने खोप कार्यक्रम सम्झनु पर्छ र सो शब्दले खोपद्वारा रोग लाग्नबाट बचाउन सकिने प्रकृतिको रोगको निगरानी गर्ने कार्य समेतलाई जनाउँछ ।
(ङ) “विभाग” भन्नाले स्वास्थ्य सेवा विभाग सम्झनु पर्छ ।
(च) “सदस्य” भन्नाले कोषको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष र सदस्य–सचिव समेतलाई जनाउँछ ।
(छ) “समिति” भन्नाले नियम ७ बमोजिमको कोष सञ्चालक समिति सम्झनु पर्छ ।
(ज) “सल्लाहकार समिति” भन्नाले नियम ११ बमोजिमको राष्ट्रिय खोप सल्लाहकार समिति सम्झनु पर्छ ।