बिषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) ……………
(ख) “नियोग” भन्नाले विदेशस्थित नेपाली राजदूतावास, नेपाली महाबाणिज्य दूतावास, बाणिज्य दूतावास, स्थायी नियोग वा विशेष नियोग सम्झनु पर्छ ।
(ग) “मन्त्रालय” भन्नाले परराष्ट्र मन्त्रालय सम्झ्mनु पर्छ ।
(घ) “यात्रा अनुमतिपत्र” भन्नाले नियम १५ बमोजिम जारी गरिने यात्रा अनुमतिपत्र सम्झनु पर्छ ।
(ङ) “ऐन” भन्नाले राहदानी ऐन, २०२४ सम्झनु पर्दछ ।
(च) “विभाग” भन्नाले नियम ३ बमोजिमको राहदानी विभाग सम्झनु पर्छ ।
(छ) “सचिव” भन्नाले मन्त्रालयको सचिव सम्झनु पर्छ ।
(ज) “महानिर्देशक” भन्नाले विभागको महानिर्देशक सम्झनु पर्छ ।
(झ) “निर्देशक” भन्नाले विभागको निर्देशक सम्झनु पर्छ ।
(ञ) “जिल्ला प्रशासन कार्यालय” भन्नाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ५ बमोजिम जिल्ला प्रशासन कार्यालय सम्झनु पर्छ र सो शब्दले जिल्ला प्रशासन कार्यालय मातहतमा रहेको ईलाका प्रशासन कार्यालय समेतलाई जनाउँछ ।