दफा
परिभाषा
 विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “बोर्ड” भन्नाले दफा ३ बमोजिम गठित बोर्ड सम्झनु पर्छ ।
(ख) “सदस्य” भन्नाले बोर्डको सदस्य सम्झनु पर्छ र सो शब्दले बोर्डको अध्यक्ष समेतलाई जनाउनेछ ।
(ग) “कार्यालय” भन्नाले दफा ६ बमोजिम गठित बोर्डको कार्यालय सम्झनु पर्छ ।
(घ) “लगानी” भन्नाले दफा ९ बमोजिम हुने परियोजना लगानी सम्झनु पर्छ ।
(ङ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।