विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “स्थानीय तह”: भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ ।
(ख) “कोष” भन्नाले नियम ३ बमोजिमको लैङ्गिक हिंसा निवारण कोष संझनु पर्छ ।
(ग) “पीडित” भन्नाले लैङ्गिक हिंसाबाट पीडित वा प्रभावित व्यक्ति संझनु पर्छ ।
(ग१) “प्रदेश वा स्थानीय तत्काल उद्धार तथा राहत
समिति” भन्नाले नियम ११ बमोजिम प्रदेश तथा
स्थानीय तहमा गठन हुने प्रदेश वा स्थानीय
तत्काल उद्धार तथा राहत समिति सम्झनु
पर्छ ।
(घ) “मन्त्रालय” भन्नाले महिला, बालबालिका तथा
ज्येष्ठ नागरिक मन्त्रालय सम्झनु पर्छ।
(ङ) “राहत समिति” भन्नाले नियम ११ बमोजिमको राहत तथा आर्थिक सहयोग समिति संझनु पर्छ ।
(च) “लैङ्गिक हिंसा” भन्नाले कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, सामाजिक कुरीतिजन्य व्यवहार लगायत लैङ्गिक आधारमा हुने हिंसा संझनु पर्छ ।
(छ) “सञ्चालक समिति” भन्नाले नियम ७ बमोजिमको कोष सञ्चालक समिति संझनु पर्छ ।