नियम
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–

(क) “ऐन” भन्नाले व्यवस्थापिका–संसद सचिवालय सम्बन्धी ऐन, २०६४ सम्झनु पर्छ ।
(ख) “कोष” भन्नाले ऐनको दफा १३ बमोजिमको व्यवस्थापिका–संसद विकास कोष सम्झनु पर्छ ।
(ग) “समिति” भन्नाले ऐनको दफा ६ बमोजिम गठित सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति सम्झनु पर्छ ।
(घ) “विभागीय प्रमुख” भन्नाले व्यवस्थापिका–संसदको महासचिव सम्झनु पर्छ ।
(ङ) “लेखा प्रमुख” भन्नाले सचिवालयको आर्थिक कारोबारको लेखा राख्ने, राख्न लगाउने, लेखाको विवरण तयार गर्ने, गर्न लगाउने, आन्तरिक एवं अन्तिम लेखापरीक्षण गर्न लगाउने जस्ता लेखा सम्बन्धी कार्य गर्ने मुख्य कर्मचारी सम्झनु पर्छ ।
(च) “दातृपक्ष” भन्नाले दुई पक्षीय वा वहुपक्षीय सम्झौताद्वारा सचिवालयलाई अनुदान वा वैदेशिक सहायता उपलव्ध गराउने विदेशी सरकार विदेशी कुटनितिक नियोग वा अन्तर्राष्ट्रिय संघ संस्था वा निकाय सम्झनु पर्छ ।