नियम २
परिभाषा
(१) विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरूमा:-
(क) “ऐन” भन्नाले सम्पत्ति कर ऐन, २०१७ सम्झनु पर्छ ।
(ख) “करदाता” भन्नाले ऐन बमोजिम सम्पत्ति कर लाग्ने शहरी क्षेत्रको घर जग्गा वा विदेशी लगानीको धनी सम्झनु पर्छ ।
(ग) “अनुसूची” भन्नाले यी नियमहरूको अनुसूची सम्झनु पर्छ ।
(२) यी नियमहरूमा प्रयोग गरिएका तर परिभाषा नगरिएका शब्द तथा वाक्यांसको अर्थ ऐनमा दिए बमोजिम हुनेछ ।