नियम २
परिभाषा
२. परिभाषा ः
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “कोष” भन्नाले नियम ३ बमोजिम स्थापित कोष सम्झनु पर्छ ।
(ख) “कार्यकारी निर्देशक” भन्नाले नियम ११ बमोजिम नियुक्त भएको कोषको कार्यकारी निर्देशक सम्झनु पर्छ ।
(ग) “मन्त्रालय” भन्नाले श्रम तथा यातायात व्यवस्था मन्त्रालय सम्झनु पर्छ ।
(घ) “समिति” भन्नाले नियम ५ बमोजिमको कोषको सञ्चालक समिति सम्झनु पर्छ ।
(ङ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष समेतलाई जनाउँछ ।
(च) “सामाजिक सुरक्षा कार्यक्रम (स्किम)” भन्नाले नियम १४ बमोजिम कोषले सञ्चालन गर्ने सामाजिक सुरक्षा कार्यक्रम सम्झनु पर्छ ।