दफा
परिभाषा

२. परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आदेशमा,–

(क) “बोर्ड” भन्नाले दफा ३ बमोजिम गठन भएको सार्वजनिक संस्थान निर्देशन बोर्ड सम्झनु पर्छ ।
(ख) “सार्वजनिक संस्थान” भन्नाले अनुसूची – १ मा उल्लिखित सार्वजनिक संस्थान सम्झनु पर्छ ।
(ग) “अध्यक्ष” भन्नाले बोर्डको अध्यक्ष सम्झनु पर्छ ।
(घ) “सदस्य” भन्नाले बोर्डको सदस्य सम्झनु पर्छ र सो शब्दले अध्यक्ष समेतलाई जनाउँछ ।
(ङ) “सिफारिस समिति” भन्नाले बोर्डका अध्यक्ष तथा सदस्यहरूको नियुक्तिको सिफारिस गर्न दफा ४ बमोजिम गठन भएको सिफारिस समिति सम्झनु पर्छ ।

(च) “कार्यकारी प्रमुख” भन्नाले नेपाल सरकारले नियुक्त गर्ने सार्वजनिक संस्थानका कार्यकारी अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, कार्यकारी निर्देशक, महानिर्देशक, महाप्रबन्धक वा प्रबन्ध सञ्चालक सम्झनु पर्छ ।

(छ) “सचिव” भन्नाले बोर्डको सचिव सम्झनु पर्छ ।
(ज) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो आदेश अन्र्तगत जारी  गरिएका निर्देशिका वा कार्यविधिमा तोकिए बमोजिम सम्झनु पर्छ ।