नियम
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यी नियमहरूमाः

(क) “समिति” भन्नाले नियम ३ बमोजिम गठित समितिलाई सम्झनु पर्छ,

(ख) “अध्यक्ष” भन्नाले समितिको अध्यक्षलाई सम्झनु पर्छ,

(ग) “सदस्य” भन्नाले समितिको सदस्यलाई सम्झनु पर्छ र यस शब्दले अध्यक्ष र उपाध्यक्षलाई समेत जनाउँछ,

(घ) “सैनिक अस्पताल” भन्नाले त्रिचन्द्र मिलिटरी अस्पताल सम्झनु पर्छ र यो शब्दले नेपाली सेना मातहत अरू कुनै अस्पताल, डिस्पेन्सरी र उपत्यका बाहिर नेपाली सेना रहेको ठाउँमा कुनै औषधी उपचारको प्रबन्धलाई समेत जनाउ“छ ।