विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) स्वास्थ्यकर्मी" भन्नाले प्रचलित कानून बमोजिम
स्वास्थ्यकर्मीको रूपमा सम्बन्धित परिषद्मा दर्ता
भएको व्यक्ति सम्झनु पर्छ ।
(ख) “स्वास्थ्य संस्था" भन्नाले नेपाल सरकार, प्रदेश
सरकार: वा- स्थानीय तहबाट सञ्चालित सरकारी
अस्पताल, प्रचलित कानून बमोजिम स्थापना भएका
वा अनुमति प्राप्त गरी सञ्चालनमा रहेका
गैरसरकारी अस्पताल, निजी अस्पताल, सहकारी
अस्पताल, गैरनाफामूलक अस्पताल, सामुदायिक
अस्पताल, शिक्षण अस्पताल वा अन्य स्वास्थ्य
संस्था सम्झनु पर्छ र सो शब्दले सङ्क्रामक
रोगको रोकथाम, नियन्त्रण, निदान र उपचारका
लागि सञ्चालन गरिएको होल्डिङ् सेन्टर,
क्वारेन्टिन, आइसोलेसन वा अन्य यस्तै स्थानलाई
समेत जनाउँछ ।
(ग) “सुरक्षा” भन्नाले स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी" तथा स्वास्थ्य संस्थाको लागि यस ऐन बमोजिम
गरिएको आर्थिक लगायतको अन्य सुरक्षा सम्झनु पर्छ ।
(घ) “मन्त्रालय” भन्नाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्झनु पर्छ ।
(ङ) “समिति” भन्नाले दफा ५ बमोजिमको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा
समन्वय समिति सम्झनु पर्छ ।
(च) “कोष” भन्नाले दफा १२ बमोजिमको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा कोष
सम्झनु पर्छ ।
(छ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा
तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।