दफा
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस आदेशमा,–
(क) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(ख) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस आदेश अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।
(ग) “मन्त्रालय” भन्नाले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय सम्झनु पर्छ ।
(घ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष र सदस्य–सचिव समेतलाई जनाउँनेछ ।
(ङ) “समिति” भन्नाले दफा ३ बमोजिम गठन भएको अन्तरदेशीय धर्मपुत्र, धर्मपुत्री व्यवस्थापन विकास समिति सम्झनु पर्छ ।