दफा २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आदेशमा, –
(क) “समिति” भन्नाले दफा ३ बमोजिम गठित देवघाट क्षेत्र विकास समिति सम्झनु पर्छ ।
(ख) “देवघाट क्षेत्र” भन्नाले देहायका क्षेत्रहरू सम्झनु पर्छ ः– ९ज्ञ० तनहुँ जिल्लाको देवघाट गाउँ विकास समितिको वडा नं. २ र वडा नं. ४ का सम्पूर्ण क्षेत्रहरू । ९द्द० चितवन जिल्लाको भरतपुर नगरपालिकाको वडा नं. १ को पूर्व कविलास गाउँ विकास समिति, पश्चिम नवलपरासी जिल्लाको गैंडाकोट गाउँ विकास समिति, उत्तर तनहुँ जिल्लाको देवघाट गाउँ विकास समिति र दक्षिण भरतपुर नगरपालिकाको वडा नं. २, ३ र ११ यति चार किल्लाभित्रका क्षेत्रहरू । ९घ० नवलपरासी जिल्लाको गैंडाकोट गाउँ विकास समितिको वडा नं. १ को पूर्व नारायणी नदी, पश्चिम झवर्दी गाउँ विकास समितिको वडा नं. ४, उत्तर जंगल र दक्षिण नारायणी नदी यति चार किल्लाभित्रका क्षेत्रहरू । ९द्ध० नवलपरासी जिल्लाको गैंडाकोट गाउँ विकास समितिको वडा नं. ३ को पूर्व काली–गण्डकी, पश्चिम जंगल, उत्तर काली–गण्डकी र दक्षिण जंगल यति चार
किल्लाभित्रका क्षेत्रहरू ।
(ग) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(घ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष र सदस्य–सचिव समेतलाई जनाउँछ ।
(ङ) “कार्यकारी निर्देशक” भन्नाले दफा ६ बमोजिम नियुक्त कार्यकारी निर्देशक सम्झनु पर्छ ।
(च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस आदेश अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।