दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा, -
(क) “अपराध संहिता” भन्नाले मुलुकी अपराध संहिता, २०७४ सम्झनु पर्छ।
(ख) “कसूरदार” भन्नाले अदालतबाट कुनै कसूरमा दोषी ठहर भएको व्यक्ति सम्झनु पर्छ ।
(ग) “कानून” भन्नाले तत्काल प्रचलित कानून सम्झनु पर्छ ।
(घ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन बमोजिम बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(ङ) “प्रोवेशन अधिकृत” भन्नाले दफा ४९ बमोजिम नियुक्त वा तोकिएको प्रोवेशन अधिकृत सम्झनु पर्छ ।
(च) “्प्रोवेशन तथा प्यारोल बोर्ड” भन्नाले दफा ३८ बमोजिमको प्रोवेशन तथा प्यारोल बोर्ड सम्झनु पर्छ ।
(छ) “प्यारोल अधिकृत” भन्नाले दफा ४९ बमोजिम नियुक्त वा तोकिएको प्यारोल अधिकृत सम्झनु पर्छ ।
(ज): “फौजदारी कार्यविधि संहिता” भन्नाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ सम्झनु पर्छ ।
(झ) “समिति” भन्नाले दफा ४६ बमोजिमको सजाय सुझाव समिति सम्झनु पर्छ।