नियम २
परिभाषा
: विषय बा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
(क) "ऐन" भन्नाले सहकारी ऐन, २०७४ सम्झनु पर्छ ।
(ख) "कर्जा" भन्नाले चलअचल सम्पत्ति धितो बन्धक वा अन्य आवश्यक सुरक्षण वा जमानत लिई वा नलिई सहकारी संस्थाले सदस्यलाई दिएको कर्जाको साँवा, ब्याज र हर्जाना रकम सम्झनु पर्छ ।
(ग) “कर्जा असुली न्यायाधिकरण” भन्नाले नियम ४२ बमोजिम गठन हुने कर्जा असुली न्यायाधिकरण सम्झनु पर्छ ।
(घ) "कर्जा सूचना केन्द्र" भन्नाले नियम ३७ बमोजिमको सहकारी कर्जा सूचना केन्द्र सम्झनु पर्छ ।
(ङ) "बचत तथा कर्जा सुरक्षण कोष" भन्नाले ऐनको दफा १०१ बमोजिमको सहकारी बचत तथा कर्जा सुरक्षण कोष सम्झनु पर्छ ।
(च) “विशिष्टिकृत सहकारी सङ्घ” भन्नाले ऐनको दफा ९ बमोजिम गठन हुने विशिष्टिकृत सहकारी सङ्घ सम्झनु पर्छ ।
(छ) "व्यवस्थापक" भन्नाले सहकारी संस्थाको व्यवस्थापक सम्झनु पर्छ र सो शब्दले महाप्रबन्धक वा प्रमुख कार्यकारी अधिकृतलाई समेत जनाउँछ ।
(ज) “संस्थागत पुँजी” भन्नाले संस्था वा सङ्घको पछिल्लो आर्थिक वर्षको जगेडा कोष र घाटा पूर्ति कोषको रकम सम्झनु पर्छ ।