नियम
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-

(क) "ऐन" भन्नाले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ सम्झनु पर्छ।

(ख) “कार्यालय" भन्नाले भेटेरिनरी अस्पताल वा पशु सेवा विज्ञ केन्द्र सम्झनु पर्छ र सो शब्दले जिल्लास्थित पशु सेवा हेर्ने निकायलाई समेत जनाउँछ ।

(ग) “पन्छी" भन्नाले कुखुरा, हाँस, लौकाट, अष्ट्रिच, बट्टाई र जुनसुकै प्रकारका पाल्तु पन्छी सम्झनु पर्छ र सो शब्दले जङ्गली पन्छीलाई समेत जनाउँछ ।

(घ) “पन्छी उत्पादन सामग्री" भन्नाले पन्छी पालनमा प्रयोग हुने जैविक पदार्थ, दाना, दानामा मिश्रण गरिने सामग्री र त्यस्ता सामग्री भण्डारण गर्ने साधन सम्झनु पर्छ र सो शब्दले पन्छी उत्पादनमा प्रयोग हुने बोरा, क्रेट, भाँडाकुडा तथा अन्य औजारलाई समेत जनाउँछ ।

(ङ) “पन्छीजन्य पदार्थ" भन्नाले पन्छीको मासु, अण्डा, हाड, छाला, प्वाँख, भुत्ला, सुली, सोत्तर वा पन्छीबाट उत्पादन गरिने अन्य अप्रशोधित वा प्रशोधित सामग्री सम्झनु पर्छ ।

(च) “प्रयोगशाला" भन्नाले विभाग अन्तर्गतका पशु वा पन्छी रोग अन्वेषण प्रयोगशाला सम्झनु पर्छ र सो शब्दले मन्त्रालयले तोकेका अन्य प्रयोगशालालाई समेत जनाउँछ । (छ) “बर्ड फ्लू" भन्नाले एभियन इन्फ्लुएन्जा भाइरस टाईप “ए" को एच ५ र एच ७ सब-टाइप वा _इन्ट्राभेनस प्याथोजेनेसिटी इन्डेक्स कम्तीमा १.२ भएको एभियन इन्फ्लुएन्जा टाईप “ए" भाइरसको सङ्क्रमण -वा विश्व पशु स्वास्थ्य सङ्गठनले हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा भनी तोकेको एभियन इन्फ्लुएन्जा “ए" भाइरसको सब-टाइपबाट उत्पन्न हुने रोग वा सङ्क्रमण सम्झनु पर्छ ।

(ज) “मन्त्रालय" भन्नाले नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्झनु पर्छ।

(झ) “स्थानीय तह" भन्नाले- गाउँपालिका वा नगरपालिका सम्झनुपर्छ ।

(ज) "समिति" भन्नाले नियम ३ बमोजिमको बर्ड फ्लू नियन्त्रण समन्वय समिति सम्झनु पर्छ ।