नियम २
परिभाषा
: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “ऐन” भन्नाले शिक्षा ऐन, २०२८ सम्झनु पर्छ। (ख) "बोर्डको अध्यक्ष" भन्नाले ऐनको दफा ४क. बमोजिम नियुक्त भएको बोर्डको अध्यक्ष सम्झनु पर्छ। (ग) "मन्त्रालय" भन्नाले नेपाल सरकार, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय सम्झनु पर्छ। »(घ) “समिति” भन्नाले नियम ९क. को उपनियम (२) बमोजिमको प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति सम्झनु पर्छ।