दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-

(क) "शपथ गराउने पदाधिकारी" ,भन्नाले सार्वजनिक पदधारण गरेको व्यक्तिलाई शपथ गराउने अधिकारप्राप्त सार्वजनिक _पदधारण गरेको व्यक्ति सम्झनु पर्छ।

(ख) "सार्वजनिक पद" भन्नाले संविधान, अन्य प्रचलित कानून वा अधिकारप्राप्त अधिकारीको निर्णय वा आदेश बमोजिम नियुक्त, निर्वाचित वा मनोनयन हुने र सार्वजनिक अख्तियारी प्रयोग गर्न पाउने वा. कुनै कर्तव्यको पालना वा जिम्मेवारी, निर्वाह गर्नु पर्ने सार्वजनिक पद सम्झनु पर्छ।