नियम
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(ख) “उपाध्यक्ष” भन्नाले नियम ९ बमोजिम नियुक्त कोषको उपाध्यक्ष सम्झनु पर्छ ।
(ग) “क्रणी” भन्नाले कोष मार्फत स्वरोजगारको लागि क्रषण प्राप्त गरेको व्यक्ति वा समूह सम्झनु पर्छ।
(घ) “कार्यकारी निर्देशक” भन्नाले नियम २३ बमोजिम नियुक्त कोषको कार्यकारी निर्देशक सम्झनु पर्छ।
(ङ) “कार्यक्रम” भन्नाले स्वरोजगार सम्बन्धी कार्यक्रम सम्झनु पर्छ ।
(च) “कोष” भन्नाले नियम ३ बमोजिमको कोष सम्झनु पर्छ ।
(छ) “मन्त्रालय” भन्नाले युवा तथा खेलकुद मन्त्रालय सम्झनु पर्छ ।
(ज) "युवा" भन्नाले सोह्र वर्ष माथि चालीस वर्षसम्मका व्यक्ति सम्झनु पर्छ ।
(झ) “लक्षित समुदाय” भन्नाले आर्थिक रुपले विपन्न महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, सीमान्तीकृत, लोपोन्मुख, अल्पसङ्ख्यक, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, द्वन्द्व पीडित तथा पिछडिएको क्षेत्रका व्यक्ति वा समुदाय सम्झनु पर्छ र सो शब्दले गरीब किसान, मजदुर, सुकुम्बासी वा साना व्यवसायी समेतलाई जनाउँछ ।
(ज) “वित्तीय संस्था” भन्नाले प्रचलित कानून बमोजिम वित्तीय कारोबार गर्न अनुमति प्राप्त बैङ्क तथा वित्तीय संस्था सम्झनु पर्छ ।
(ट) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष तथा सदस्य-सचिव समेतलाई जनाउँछ ।
(ठ) “समिति” भन्नाले नियम ७ बमोजिमको समिति सम्झनु पर्छ ।
(ड) “सहकारी संस्था” भन्नाले प्रचलित कानून बमोजिम दर्ता भएको सहकारी संस्था सम्झनु पर्छ र सो शब्दले सहकारी बैङ्क समेतलाई जनाउँछ ।
(ढ) "साना व्यवसायी" भन्नाले मुनाफा आर्जन गर्ने उद्देश्यले स्वरोजगारजन्य आर्थिक क्रियाकलाप गर्ने व्यक्ति वा समूह सम्झनु पर्छ ।
(ण) “स्वरोजगार” भन्नाले आफ्नो श्रम, सीप, ज्ञान र पुँजीको परिचालन गरी कुनै वस्तु वा सेवाको उत्पादन, त्यस्तो वस्तु वा सेवाको व्यापार, लघु उच्चम, साना वा घरेलु उद्योग सञ्चालन वा साना “व्यापार, व्यवसाय वा त्यस्तै अन्य कुनै उद्यम गरी आय आर्जन गर्ने क्रियाकलाप सम्झनु पर्छ ।
(त) "स्थानीय तह" भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ ।