नियम
परिभाषा
(१) विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा;-
(क) “कार्यसूची? भन्नाले संयुक्त बैठकको कार्यसूची सम्झनु पर्छ।
(ख) टेबुल”-भन्नाले नियमानुसार सभामा पेश हुने प्रस्तावलाई प्रस्तुतकर्ता सदस्यले प्रस्तुत गरिसकेपछि उक्त प्रस्ताव र सम्बन्धित कागजात सभालाई जानकारी दिन प्रयोग गरिने सदनको टेबुल सम्झनु पर्छ र सो शब्दले सदन समक्ष कुनै कागजपत्र वा विवरण पेश गर्ने कार्यलाई समेत जनाउँछ।
(ग) पप्रस्ताव” भन्नाले संयुक्त बैठकमा बिचारार्थ पेश गरिएको कुनै प्रस्ताव सम्झनु पर्छ र्‌ सो शब्दले संशोधन प्रस्तावलाई समेत जनाउँछ।
(घ) प्रस्तुतकर्ता सदस्य” भन्नाले सरकारी विधेयकको सम्बन्धमा कुनै मन्त्री र गैरसरकारी विधेयकको सम्बन्धमा विधेयक प्रस्तुतकर्ता सदस्य सम्झनु पर्छ र सो शब्दले कुनै सदनबाट पारित भई प्राप्त भएको विधेयकको सम्बन्धमा उक्त विधेयकमा विचार गरियोस्‌ भनी प्रस्ताव प्रस्तुत गर्ने सदस्यलाई समेत जनाउँछ।
(ङ) “मन्त्री” भन्नाले नेपाल सरकारको प्रधानमन्त्री उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री वा सहायक मन्त्री सम्झनु पर्छ।
(च) “महासचिव” भन्नाले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम नियुक्त सङ्घीय संसदको महासचिव सम्झनु पर्छ र सो शब्दले महासचिव अनुपस्थित रहेको अवस्थामा महासचिवको काम गर्न सभामुखले तोकेको प्रतिनिधि सभा वा राष्ट्रिय सभाको सचिव वा सङ्घीय संसद सचिवालयको सचिवलाई समेत जनाउँछ।
(छ) “सदन”, “सभा” वा “बैठक” भन्नाले सङ्घीय संसदको संयुक्त सदन, सभा वा बैठक सम्झनु पर्छ। (ज) “सदस्य” भन्नाले सङ्घीय संसदको सदस्य सम्झनु पर्छ।
(झ) “सूचनापत्र” भन्नाले देहायका विषयहरू समावेश भएको: संयुक्त बैठकको सूचनापत्र सम्झनु पर्छ:-
(१) संयुक्त बैठकको कारबाहीसम्बन्धी सूचना,
(२) संयुक्त बैठकको कारबाहीको संक्षिप्त विवरणसम्बन्धी सूचना,
(३) संयुक्त समितिसँग सम्बन्धित सूचना,
(४) सभामुखले अध्यक्षसँग परामर्श गरी आवश्यक ठहप्याएको अन्य विवरणको सूचना ।
(ज) “संयुक्त बैठक” भन्नाले दुवै सदनको संयुक्त बैठक सम्झनु पर्छ।
(ट) संयुक्त समिति” भन्नाले संविधानको धारा ९७ तथा यस नियमावली बमोजिम गठन हुने दुवै सदनको संयुक्त समिति सम्झनु पर्छ।
(ठ) “संविधान” भन्नाले नेपालको संविधान सम्झनु पर्छ।
(२) प्रतिनिधि सभाको कार्यसञ्चालन गर्न बनेको प्रचलित नियमावली र राष्ट्रिय सभाको कार्यसञ्चालन गर्न बनेको प्रचलित नियमावलीमा उल्लेख गरिएको परिभाषा यस नियमावलीको प्रयोजनको लागि समेत आवश्यकता अनुसार लागू हुनेछ।