नियम
परिभाषा
: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
(क) ऐन" भन्नाले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ सम्झनु पर्छ।
(ख) “कोष” भन्नाले ऐनको दफा ४८ बमोजिमको पीडित राहत कोष सम्झनु पर्छ ।
(ग) “जिल्ला अदालत" भन्नाले सम्बन्धित जिल्ला अदालत सम्झनु पर्छु ।
(घ) “सञ्चालक समिति" भन्नाले नियम ५ बमोजिमको कोष सञ्चालक समिति सम्झनु पर्छ ।