नियम
परिभाषा
: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
(क) "उपभोक्ता समिति" भन्नाले स्थानीय तहमा सञ्चालन हुने कार्यक्रम कार्यान्वयन र व्यवस्थापन गर्न कार्यक्रमबाट प्रत्यक्ष लाभ पाउने व्यक्तिहरूमध्येबाट प्रचलित कानून बमोजिम गठित उपभोक्ता समिति सम्झनु पर्छ ।
(ख) "कार्यक्रम" भन्नाले यस नियमावली बमोजिम सञ्चालन हुने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सम्झनु पर्छ र सो शब्दले यस कार्यक्रम अन्तर्गत सञ्चालन हुने पूर्वाधार निर्माण आयोजनालाई समेत जनाउँछ ।
(ग) "कार्यक्रम परामर्श समिति" भन्नाले नियम ३ बमोजिमको कार्यक्रम परामर्श समिति सम्झनु पर्छ ।
(घ) कार्यालय" भन्नाले गाउँ कार्यपालिकाको कार्यालय वा नगर कार्यपालिकाको कार्यालय सम्झनु पर्छ ।
(ङ) "जिल्ला समन्वय अधिकारी" भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७५ को दफा ९४ बमोजिमको जिल्ला समन्वय अधिकारी सम्झनु पर्छ ।
(च) "निर्देशक समिति" भन्नाले नियम ५ बमोजिमको निर्देशक समिति सम्झनु पर्छ ।
(छ) “निर्वाचन क्षेत्र” भन्नाले नेपालको संविधानको धारा ८४ को उपधारा (१) बमोजिमको निर्वाचन क्षेत्र सम्झनु पर्छ।
(ज) "प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य" भन्नाले नेपालको संविधानको धारा ८४ को उपधारा (१) को खण्ड (क) बमोजिम पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित प्रतिनिधि सभाको सदस्य सम्झनु पर्छ ।
(झ) "प्रमुख प्रशासकीय अधिकृत" भन्नाले गाउँपालिका वा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्न तोकिएको कर्मचारी सम्झनु पर्छ ।
(ज) "मन्त्रालय" भन्नाले नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्झनु पर्छ ।
(ट) "राष्ट्रिय सभा सदस्य" भन्नाले नेपालको संविधानको धारा ८६ को उपधारा
२ कोखण्ड क वा ख बमोजिम निर्वाचित वा मनोनीत राष्ट्रिय सभाको सदस्य सम्झनु पर्छ ।
(ठ) "संयोजक" भन्नाले नियम ३ बमोजिमको कार्यक्रम परामर्श समितिको संयोजक सम्झनु पर्छ ।
(ड) "समानुपातिक सदस्य" भन्नाले नेपालको संविधानको धारा ८४ को उपधारा
१ को खण्ड ख बमोजिम समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित प्रतिनिधि सभाको सदस्य सम्झनु पर्छ ।
(ढ) "स्थानीय तह" भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ ।