नियम
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
क "ऐन" भन्नाले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ सम्झनु पर्छ।
ख "कोष" भन्नाले नियम १३ बमोजिमको कोष सम्झनु पर्छ।
ग "परियोजना" भन्नाले अन्तर्राष्ट्रिय मुद्रा कोषले कायम गरेको स्पेसियल ड्रइङ्ग राइट्स्‌ (एसडीआर) भित्र पर्ने विदेशी मुद्रामा क्रण लगानी हुने नियम ३ बमोजिमको परियोजना सम्झनु पर्छ।
घ "मन्त्रालय" भन्नाले नेपाल सरकार, अर्थ मन्त्रालय सम्झनु पर्छ।
ङ "व्यावसायिक संस्था" भन्नाले परियोजना स्वीकृत गर्ने वा अनुमति दिने नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व रहेको प्रचलित कानून बमोजिम स्थापित प्राधिकरण, निगम, संस्थान, कम्पनी, कोष बा अन्य यस्तै प्रकृतिको संस्था सम्झनु पर्छ र सो शब्दले सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा ५ बमोजिम स्थापित लगानी बोर्डलाई समेत जनाउँछ।
च “हेजिङ्ग” भन्नाले अन्तर्राष्ट्रिय मुद्रा कोषले कायम गरेको स्पेसियल ड्रइङ्ग राइट्स्‌ (एसडीआर) भित्र पर्ने विदेशी मुद्रामा गरेको क्रण लगानी फिर्ता गर्दा हुन सक्ने बिदेशी विनिमय दर जोखिम न्यूनीकरणको लागि त्यस्तो लगानी गर्दा जुन विनिमय दरमा विदेशी मुद्रा बैङ्कमा जम्मा गरेको हो सोही विनिमय दरमा हेजिङ्ग सम्झौतामा निर्धारण भए बमोजिम क्रणको सावाँ ब्याज भुक्तानी गरी लगानी फिर्ता लैजान पाउने गरी गरिएको विदेशी मुद्राको विनिमय दर स्थिर (लक) गर्ने कार्य सम्झनु पर्छ। छ हेजिङ्ग गर्ने संस्था” भन्नाले हेजिङ्ग सुविधा प्रदान गर्नको लागि नियम ६ बमोजिम तोकिएको संस्था सम्झनु पर्छ।
ज "हेजिङूग शुल्क" भन्नाले हेजिङ्ग गर्ने संस्थाले नियम ४ बमोजिम निर्धारण गरेको शुल्क सम्झनु पर्छ।