दफा २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-
(क) "अशक्त र असहाय अवस्थामा रहेका" भन्नाले आर्थिक रूपले विपन्न शारीरिक वा मानसिक रूपले श्रम गर्न अशक्त भएको, पालनपोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएको व्यक्ति सम्झनु पर्छ।
(ख) "अपाङ्गता भएका" भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा ईन्द्रीय सम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता (फङ्सनल ईम्पेरिमेन्ट) वा विद्यमान अवरोधको कारण अन्य सामान्य व्यक्तिसरह समान आधारमा सामाजिक जीवनमा सहभागी हुन बाधा भएका दफा ८ बमोजिमका व्यक्ति सम्झनु पर्छ।
(ग) ...
(घ) "आर्थिक रूपले विपन्न" भन्नाले जीवनयापन गर्ने कुनै आधार, आयश्रोत वा सम्पत्ति नभएको नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको भन्दा न्यून आय भएका व्यक्ति सम्झनु पर्छ।
(ङ) "आफ्नो हेरचाह आफैं गर्न नसक्ने" भन्नाले अल्जाइमर्स, पार्किन्सस, स्पाइनल कर्ड इन्जुरी, त्रेन ह्यामरेज, सुस्त मनस्थिति, पक्षघात, सिकल सेल एनिमिया, मानसिक अवस्था ठिक नभएको, अटिजम जस्ता रोगबाट ग्रसित भै आफ्नो हेरचाह आफै गर्न नसक्ने अवस्थामा रहेका भनी चिकित्सकबाट प्रमाणित भएका व्यक्ति सम्झनु पर्छ।
(ङ१) "एकल महिला" भन्नाले सम्बन्ध बिच्छेद गरी अर्को विवाह नगरेका, विधवा, न्यायिक पृथकीकरण गरी बसेका, लगातार बाह्र वर्षदेखि पतिको सम्पर्कमा नरहेका, लैङ्गिक हिंसामा परी विवाहित वा अविवाहित रुपमा एक्लो जीवन व्यतित गरी रहेका वा चालीस वर्ष उमेर पूरा भएका विवाह नगरेका महिला सम्झनु पर्छ।
(च) "तोकिएको" बा "तोकिए बमोजिम" भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
(छ) "लोपोन्मुख जाति" भन्नाले अनुसूची बमोजिमका जाति सम्झनु पर्छ।
(ज) "सामाजिक सुरक्षा पाउने व्यक्ति" भन्नाले यस ऐन बमोजिम सामाजिक सुरक्षा भत्ता पाउने नेपाली नागरिक सम्झनु पर्छ।
(झ) "सामाजिक सुरक्षा" भन्नाले यस ऐन बमोजिम सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई दिइने नगद, भत्ता वा सहायता सम्झनु पर्छ।
(नज) "स्थानीय तह" भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ।