दफा १८
परियोजना कार्यान्वयन नगरिने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायका परियोजना सार्वजनिक-निजी साझेदारीबाट कार्यान्वयन गरिने छैनः-
(क)वित्तीय, प्राविधिक वा सञ्चालन सम्बन्धी जोखिम निजी क्षेत्रलाई हस्तान्तरण नगरी निजी क्षेत्रबाट कुनै काम वा सेवा प्राप्त गर्ने उद्देश्यबाट सञ्चालन हुने परियोजना,
(ख)राष्ट्रिय सुरक्षासँग सम्बन्धित परियोजना,
(ग)बोर्डले तोकिदिएका अन्य परियोजना।