नियम
परियोजना स्वीकृत गर्ने
– (१) नियम ४ बमोजिम प्राप्त भएको परियोजना निजी लगानीमा कार्यान्वयन गर्न सम्भव र उपयुक्त देखिएमा नेपाल सरकारले त्यस्तो परियोजना निजी लगानीमा कार्यान्वयन गर्न स्वीकृत गर्नेछ ।
(२) उपनियम (१) बमोजिम स्वीकृत गर्दा कुनै मन्त्रालय अन्तर्गत एकै प्रकृतिका एक भन्दा बढी परियोजना कार्यान्वयन गर्न उपयुक्त देखिएमा नेपाल सरकारले त्यस्तो परियोजनाको प्राथमिकता समेत तोक्नेछ ।
(३) उपनियम (१) बमोजिम परियोजना कार्यान्वयन गर्न स्वीकृति दिनु अगाडि नेपाल सरकारले आवश्यक देखेमा परियोजना सम्बन्धमा मन्त्रालयस“ग थप कुरा बुझ्न सक्नेछ ।
(४) कुनै परियोजनाको सम्बन्धमा थप कुरा अध्ययन गर्न आवश्यक देखिएमा नेपाल सरकारले सोही व्यहोरा सम्बन्धित मन्त्रालयमा लेखी पठाउनु पर्नेछ ।
(५) उपनियम (१) बमोजिम नेपाल सरकारबाट परियोजना स्वीकृत भएमा मन्त्रालयले सर्वसाधारणको जानकारीको लागि त्यसको सूचना नेपालभित्रबाट प्रकाशन हुने कम्तीमा दुई प्रमुख पत्रपत्रिकामा प्रकाशन गर्नु पर्नेछ र सम्भव भए त्यस्तो सूचना वेभसाइटमा समेत राख्नु ।