नियम १८
परियोजना हस्तान्तरण गर्नु पर्ने
(१) परियोजना सम्झौताकोे अवधि समाप्त भएमा
परियोजना र सोसँग सम्बन्धित घर जग्गा, मेसिन, उपकरण तथा त्यसमा निर्मित
संरचना लगायतका सम्पत्ति परियोजना सम्झौतामा लेखिए बमोजिम चालू हालतमा
नेपाल सरकारलाई निशुल्क हस्तान्तरण गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम हस्तान्तरण भएको परियोजनाको सम्पूर्ण पूर्वाधार
तथा जग्गाको स्वामित्व नेपाल सरकारको हुनेछ ।
(३) उपनियम (१) बमोजिम हस्तान्तरण भएको परियोजनाको सञ्चालन तथा
व्यवस्थापन प्राधिकरणको सिफारिसमा नेपाल सरकारले तोके बमोजिम हुनेछ ।